प्रधानमन्त्री वालेन्द्र शाह भारत पुगे
काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह भारतको दुई दिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली पुगेका छन् ।
प्रधानमन्त्री शाह आइतबार दिउँसो नेपाली समयअनुसार ३ः३० बजे नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । प्रधानमन्त्री शाहको स्वागतका लागि विमानस्थलमा रेड कार्पेट बिछ्याइएको थियो ।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतीय विदेशमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, नेपाल–भारत बिजनेस फोरममा सहभागी हुनुका साथै भारतीय प्रधानमन्त्री र राष्ट्रपतिसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ६, २०८३ १६:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

