Harsamaya
राहदानी वितरणमा समस्या आउन नदिन प्रधानमन्त्री कार्कीको निर्देशन
राहदानी वितरणमा समस्या आउन नदिन प्रधानमन्त्री कार्कीको निर्देशन ।

काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले राहदानी वितरणको अवस्थाबारे परराष्ट्र मन्त्रालय र राहदानी विभागका अधिकारीहरूसँग जानकारी लिएकी छन् । मन्त्रालय र विभागका अधिकारीहरूलाई आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बोलाएर राहदानी वितरणका विषयमा जानकारी माग गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललगायत अधिकारीलाई राहदानीमा कुनै समस्या नहुने गरी काम गर्न निर्देशन पनि दिएकी छन् । प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलका अनुसार राहदानी अभाव हुने अवस्था आउन नदिन तत्काल विभिन्न वैकल्पिक योजनासहित अघि बढ्न निर्देशन दिएकी छन् ।

 

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  २०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update