Harsamaya
आठ पार्टीको पाँच कुने तारा चिन्ह जनता समाजवादीको रहेको खुलासा, प्रयोग नगर्न आग्रह
जनता समाजवादी पार्टी, नेपालको कार्यालय ।

काठमाडौं - जनता समाजवादी पार्टी, नेपालले  रातो पृष्ठभूमिमा अंकित पाँच कुने तारालाई अन्य राजनीतिक दलले आफ्नो चूनाव चिन्ह दाबी गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

मंगलबार एक विज्ञप्ति जारी गर्दै सो पार्टीले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ६ (१) (ङ), दफा (९), दफा ५४ (७) (क) विपरीत यस जनता समाजवादी पार्टी, नेपालको झण्डामा रातो पृष्ठभूमिमा अंकित पाँच कुने तारालाई अन्य कुनै राजनीतिक दलले आफ्नो चूनाव चिन्ह दावी गर्ने सम्बन्धी सार्वजनिक संचार माध्यमहरूमा प्रकाशित समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

पाँच कुने तारा चिन्ह अन्य राजनीतिक दललाई निर्वाचन चिन्ह वा अन्य चिन्हको रूपमा प्रयोग नगर्न समेत जनता समाजवादी पार्टीले आग्रह गरेको छ । 

नेकपा माओवादी केन्द्रले विभिन्न पार्टीहरूसँग एकता गर्दै पार्टीको नाम  ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)’ रहने र चुनाव चिन्ह पाँच कुने तारा रहने निर्णय गरेको थियो ।  साथै सो पार्टीका प्रवक्ता मनिष कुमार सुमनले यस सम्बन्धमा निर्वाचन आयोगसमेतको ध्यानाकर्षण गराएको विज्ञप्तिमार्फत जनाएका छन् । 

WhatsApp-Image-2025-11-04-at-16.42.43_7601e092-1762254979.jpg
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update