सुनचाँदीको मूल्य घट्यो
काठमाडौं - स्थानीय बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । सुन प्रतितोला एक हजार ४०० र चाँदी प्रतितोला ४५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३८ हजार ३०० र चाँदी प्रतितोला तीन हजार १५ मा खरिदबिक्री भइरहेको छ ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ९८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२ ११:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

