प्रधानमन्त्री कार्कीसँग संघीय संसदका पदाधिकारीहरूको भेटवार्ता
काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीसँग संघीय संसदका पदाधिकारीहरूबिच भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार राम रावलले दिएको जानकारी अनुसार संघीय संसदका दुवै सदनका पदाधिकारीहरूले भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा कार्कीसँग उनीहरूको समसामयिक विषयमा छलफल भएको हो ।
प्रधानमन्त्री कार्कीलाई भेट्न प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल सहित प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे पुगेका थिए । यस्तै संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डे, सचिव हर्कराज राई र संसद् सचिवालय सचिव रोजनाथ पाण्डे पनि सहभागी भएको रावलले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२ १९:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

