Harsamaya
डा. शेखरसँग विशेष महाधिवेशन माग गर्ने नेताहरुको भेट
वरिष्ठ नेता डा. शेखर कोइरालासँग भेट गर्दै नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्ने नेताहरू ।

काठमाडौं - नेपाली कांग्रेसको विशेष महाधिवेशनको माग गरी ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरी पार्टी कार्यालयमा दर्ता गराएको समूहले पार्टीका वरिष्ठ नेता डा. शेखर कोइरालासँग छलफल गरेको छ । 

हस्ताक्षर बुझाएपछि पार्टी केन्द्रीय समितिको बैठकमा बहस चलिरहेका सन्दर्भमा आज पार्टीका नेता कोइरालासँग भेट गरी चार वर्षे कार्यकालभित्रै १५ औँ महाधिवेशन वा विकल्पमा विशेष महाधिवेशनको कार्यतालिका ल्याउन माग गरिएको हस्ताक्षर संकलनको नेतृत्व गर्दै आएका नेता गुरुराज घिमिरेले जानकारी दिए । 

भेटघाट र छलफलका क्रममा नियमित वा विशेष महाधिवेशनबाट समयसापेक्ष नीति तर्जुमासहित केन्द्रीय समितिको निर्वाचन अहिलेको एकमात्र बाटो रहेको नेता कोइरालाले बताएका थिए ।

नियमित महाधिवेशन नहुने भए विशेष महाधिवेशनका लागि आफूले पनि पहल गर्ने उनले प्रतिबद्धता जनाएको कांग्रेस नेता मनोजमणि आचार्यले बताए । 

नियमित महाधिवेशन नहुने अवस्थामा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले पार्टीको विधानबमोजिम हस्ताक्षर बुझाउँदा पनि विधान पालना नभए आत्मघाती हुनसक्नेतर्फ पनि नेता कोइरालाको ध्यानाकर्षण गराइएको उनले बताए । 

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update