Harsamaya
अखिल क्रान्तिकारीको मतगणना रोकियो
अखिल नेपाल राष्ट्रिय विद्यार्थी यूनियन (क्रान्तिकारी)

काठमाडौं - अखिल क्रान्तिकारीको मत गणनामा विवाद सुरू भएको छ। 

जसका कारण जारी मतगणना मधेस प्रदेशमा पुगे पछि रोकिन पुगेको छ । 

शनिबार सम्पन्न निर्वाचनमा कालो मसीले मतदान गराएको भन्दै केही उम्मेदवारका प्रतिनिधिले विरोध गरे  पछि अहिले मतदान रोकिएको छ । र, निर्वाचन समितिका अनुसार बिबाद मिलाउने प्रयास जारी राखिएको छ । 

खासमा अध्यक्षका उम्मेदवारमा मध्य एक विजय सापकोटा पक्षले कालो मसीलाई मान्यता दिनुपर्ने जनाए पनि अर्का उम्मेदवार उपदेश यादव पक्षले भने असहमति जनाएको छ । 

अरु प्रदेशमा पछि परेका उपदेशले मधेश प्रदेशमा भने सबैभन्दा धेरै ७० मत पाएका छन् ।
 

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update