सुनको मूल्य बढ्दा चाँदीको घट्यो
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य ७०० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २ लाख ३९ हजारले रुपैयाँले तय भएको सुन आज प्रतितोला २ लाख ३९ हजार ७ सयले कायम भएको हो ।
त्यस्तै आज सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ३ हजार ६० रुपैयाँ कायम भएको चाँदी आज ३ हजार ५५ रुपैयाँले कारोबार भएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२ ११:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

