नेकपा माओवादी केन्द्रको सचिवालय बैठक बस्दै
काठमाडौं - नेकपा माओवादी केन्द्रले महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बोलाएको छ ।
शनिबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरि बैठक बोलाइएको हो ।
बैठकमा नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी लगायत पार्टीसँग, एकता, पदीय व्यवस्थापन, मोडिलाटी लगायत विषयमा छलफल हुने भनिएको छ ।
शुक्रबार सम्पन्न एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२ १०:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

