Harsamaya
 डिजेल र मट्टितेलको मूल्य एक घट्यो, हवाई इन्धन बढ्यो
नेपाल आयल निगम ।

काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक रेको छ ।  निगम सञ्चालक समितिको बैठकको आजको निर्णयअनुसार डिजेल र मट्टितेलमा एक घटाइएको छ भने पेट्रोलको मूल्य यथावत राखिएको छ । 

गए राति १ बजेदेखि लागू हुने गरी निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर सातले बढाइएको जानकारी दिएको छ । 

निगमनले यसपाली इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ०.०३ र हवाई इन्धनमा प्रतिलिटर ०.८६ ले बढेर तथा प्रतिलिटर डिजेलमा  १.१९ ले घटेर आएकाले मूल्य समायोजन गरिएको जनाएको छ । 

553386200_1271783478086393_484433248254000306_n-1761956738.jpg

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२  ०६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update