सुनचाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?
काठमाडौं - नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार सुन तोलामा २ हजार ७०० ले बढेर २ लाख ३९ हजारमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुन तोलामा २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला ७८ रुपैयाँले बढेको छ । आज चाँदीको भाउ प्रतितोला ३ हजार ६० रुपैयाँमा कारोबार भएको छ ।
बिहीबार चाँदी २ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२ ११:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

