Harsamaya
डा. शेखरले गरे आफू निकट पदाधिकारीहरुसँग छलफल
नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइराला ।

काठमाडौं - पार्टी भित्र देखिएको गतिरोध अन्त्य गरि नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले आफू निकट पदाधिकारीहरुसँग छलफल गरेका छन् । 

शुक्रबार बिहान कोइरालाले आफ्नो सम्पर्क कार्यालय विशालनगरमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरु- गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्धय जीवन परियार र बद्री पाण्डेसँग आज बिहान छलफल गरेका हुन् । 

कांग्रेसमा नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन भन्नेमा विवाद छ । कोइराला मंसिरमा नै नियमित महाधिवेशन गरेर जानुपर्ने अडानमा छन् भने महामन्त्रीद्वय मंसिरमा नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गरेर जानुपर्ने अडानमा छन् । 

शुक्रबार कार्यावाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वयबीच भएको छलफलमा एजेण्डाका विषयमा कुरा नमिल्दा महामन्त्री थापा केन्द्रीय समिति बैठकमा समेत सहभागी भएनन् । 

हिजोबाट पुनः सुरु भएको केन्द्रीय समिति बैठकले आज पनि बस्दैछ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update