महानगरले भन्योः मापदण्डविपरीतका संरचना सात दिनभित्र खाली गर्नू
काठमाडौं - काठमाडौं महानगरपालिकाले अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना सात दिनभित्र खाली गर्न निर्देशन दिएको छ ।
काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना सात दिनभित्र खाली गर्न निर्देशन दिएका हुन् ।
काठमाडौं महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौं जिल्लाभित्रका सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना नहटाए कारबाही गरी खाली गरिने महानगर र प्राधिकरणले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२ ०९:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

