Harsamaya
विशेष महाधिवशेन माग्नेले पार्टी फुटाउने, अरू साथीहरू पार्टी जुटाउने कसरी?
लुम्बिनी प्रदेश अध्यक्ष अम्मर सिह पुन ।

काठमाडौं - नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशनको पक्षधरहरूले पार्टी फुटाउन लागेको भन्दै गलत प्रचार गरिएकोमा नेताहरूले आपत्ति जनाएका छन् । बैठकमा बोल्दै लुम्बिनी प्रदेश अध्यक्ष अम्मर सिह पुन मगरले विधानलाई आफू अनुकूल व्यख्या गर्ने कसैलाई अधिकार नभएको बताए । 

‘यहाँ विशेष महाधिवशेनको माग गर्ने साथीहरू पार्टी फुटाउने, अरू साथीहरू पार्टी जुटाउने, विधानलाई आफूअनुकूल व्याख्या गर्ने कसैलाई अधिकार छैन । विधानमा जे व्यवस्था छ त्यो अनुसार गरौँ,’उनले भने । साथै उनले अन्य दल मंसिरमा महाधिवेशन गर्न तयारी रहेको अवस्थामा कांग्रेसभित्र अन्य रस्साकस्सी किन भन्दै प्रश्न गरेका थिए । 

यस्तै बैठकमा बोल्दै वाग्मती प्रदेश अध्यक्ष इन्द्र बानियाँले भने, विन विन सिचुएशनमा जानुपर्ने बताए । पार्टीको १५ औं महाधिवेशनको बारेमा दुवै पक्षले जित महसुस गर्नेगरि निर्णय गर्नुपर्ने भन्दै उनले पार्टीको महाधिवशेको मिति तय गर्दा व्यवहारिक पक्षमा समेत ध्यान दिनुपर्ने धारणा राखे ।

‘हामी विन विन सिचुयशनमा जाने अवस्था बनाउनुपर्छ । महाधिवेन गर्ने मितिको निर्णय गर्दै जाने र पछि त्यसालाई कार्यान्वयनको वातावरण नबनाई अर्को निर्णय गर्ने हो भने नेपाली कांग्रेस अपरिपक्व पार्टी बन्छ । निर्णय गर्दा केन्द्रीय समितिले विशेष मनन गरेर निर्णय गर्नुपर्दछ,’ उनले भने । 

कांग्रेसमा आगामी मंसिर भित्र केन्द्रीय महाधिवेशनक नभए विशेष महाधिवशेनको माग गर्दै हस्ताक्षर बुझाइएको छ । बैठकमा बोल्दै केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले राष्ट्र, व्यवस्था र पार्टी नै संकट परेको बेलामा  नियमित वा विशेष महाधिवेशनको नाममा अल्झनु गलत भएको टिप्पणी गरिन् । बैठकमा उनले संसद पुनर्स्थापनामा कांग्रेसको अडान हो वा चुनावमा नै सहभागी हुने हो भन्ने बारेमा पनि कांग्रेसको आधिकारिक निर्णय आउनुपर्ने बताइन् ।

यस्तै पार्टीको बैठकबाट सर्वसम्मत रूपले नियमित महाधिवेशनको कार्यतालिका संसदीय चुनावपछिको लागि तोकिनुपर्ने धारणा राखिन् । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update