Harsamaya
बङ्गालको खाडीमा विकसित चक्र वात “मोन्था”को देशभर प्रभाव, यी चार प्रदेशमा वर्षा
सांकेतिक तस्वीर: हर समय/Har samaya

काठमाडौं - हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणाली तथा बङ्गालको खाडीमा विकसित चक्र वात “मोन्था” को आंशिक प्रभाव रहेको छ । देशभर साधारणतया बदली रहेको छ ।

देशभर साधरणतया बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार  कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा/हिमपात र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा अधिकांश बदली रही तराई भू-भागमा साधारणतया बदली रहने छ ।

महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशका धेरै स्थानहरूमा, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  ०६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update