Harsamaya
एक पटकको कुराकानीले हुँदैन, बारम्बार हुनुपर्छ : प्रधानमन्त्री कार्की 
प्रधानमन्त्री सुशीला कार्की ।

काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले सरकार‚ राजनीतिक दल र जेनजी बिच बारम्बार संवाद हुनुपर्ने बताएकी छन् । 

अहिले जारी सरकार राजनीतिक दल र जेनजी प्रतिनिधिहरू बिचको त्रिपक्षीय छलफलको सुरूवात गर्दै प्रम कार्कीले आजबाट सुरूवात सरकारले गरेको बताइन् । 

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार राम रावलका अनुसार बैठकको सुरूवातमा बोल्दै प्रम कार्कीले भनेकी थिइन्-‘सबै विचारको आदानप्रदान गरौँ ।हामीले सुरुवात गरेका छौँ आआफ्ना विचार राखौं।’

बैठकलाइ सुरूवात गर्दै प्रम कार्कीले मुलुक सबैको भएको भन्दै थपेकी थिइन्-‘मुलुक हाम्रो हो। हामीले नै बनाउने हो । हामीले नबनाए कसैले बनाइदिँदैन । एकपटकको कुराकानीले हुँदैन, बारम्बार हुनुपर्छ ।’

छलफलमा हाल जेनजी प्रतिनिधिहरूले सबैले आफ्नो धारणा राख्ने क्रम सकिएको पनि रावलले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update