Harsamaya
प्रतिनिधिसभा विघटन विरूद्धको दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार 
सर्वोच्च अदालत ।

काठमाडौं - सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन विरूद्धको दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

बुधबार सर्वोच्चको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको १६ वटा रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । 

सर्वोच्च अदालतले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयलाई ७ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश समेत दिएको छ । 

अधिवक्ता डा. प्रेमराज सिलवाल,कीर्तिनाथ शर्मा पौडेललगायतले सुशीला कार्की नेतृत्वको सरकार र प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

suprime-1761741095.jpg

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update