सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो
काठमाडौं - अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो चान दिन यता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ ।
सुन आज तोलामा ७०० ले घटेर २ लाख ३६ हजार ३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन दुई लाख ३७ हजारमा कारोबार भएको थियो ।
यता, चाँदी भने प्रतितोला ४५ रुपैयाँले बढेर २ हजार ९६५ मा कारोबार भइरहेको छ । मंगलबार चाँदी दुई हजार ९२० मा किनबेच धएको थियो।
प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२ ११:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

