राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध प्रदर्शन

काठमाडौं - राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयका विरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ ।
राष्ट्रिय परिचयपत्र खारेज गर्नुपर्ने भन्दै नेपाल सूचना–प्रविधि समाजको अगुवाइमा शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन भएको हो । नेपालीहरूको भविष्यलाई समाप्त पार्ने र नेपालीको सम्पूर्ण जानकारी विदेशीलाई दिने काम राष्ट्रिय परिचयपत्रका माध्यमबाट भएकाले त्यसलाई रोक्न राष्ट्रिय परिचयपत्र खारेज गर्नुपर्ने प्रदर्शनमा सहभागीहरूले बताएका थिए ।
उनीहरूले सवै नेपालीहरू एक भएर राष्ट्रिय परिचयपत्रको विरुद्ध बोल्ने बेला आएको धारणा राखेका थिए । प्रदर्शनमा सहभागीहरूले राष्ट्रिय परिचयपत्र खारेज गर, साइबरस्पेश सार्वभौमसत्ता कायम गर, प्रतिक्रियावादी व्यवस्था मुर्दावाद लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रकाशित मिति: शनिबार, माघ १२, २०८१ १८:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय