प्रधानमन्त्री कार्कीद्वारा तेस्रोपटक मन्त्रिपरिषद् विस्तारको तयारी
काठमाडौं - अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् ।
मन्त्रिपरिषद् विस्तार भएसँगै चारजना मन्त्रीहरुको नाम तय भएको हो ।
तय भएकाहरुमा जसमा सुधा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्री, गणपतिलाल श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री, खगेन्द्र सुनार श्रम तथा रोजगार मन्त्री र बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बन्ने भएका छन् । चारै मन्त्रीलाई आजै शपथ खुवाउने तयारी छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२ ११:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

