Harsamaya
रास्वपाको सचिवालय बैठक बस्दै 
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ।

काठमाडौं - आज राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।

आइतबार बिहान ११ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

झाका अनुसार बैठकमा समसामयिक राजनीति र आगामी कदम, विस्तारित बैठकको तयारी, मतदाता नामावली दर्ता अभियान, पार्टी गतिविधि समीक्षा र योजना लगायत एजेन्डामा छलफल गरिनेछ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update