Harsamaya
माछा बजारमा युवकको शव फेला
सांकेतिक तस्वीर: हर समय/Har Samaya

महोत्तरी - गौशाला बजारमा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ । स्थानीय माछा बजारमा आज बिहान एक २५ वर्षीय युवकको शव फेला परेको हो ।

शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेका प्रहरीले मुचुल्का उठाइ शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । 

प्रारम्भिक अनुसन्धानका क्रममा उक्त शव सर्लाहीको हरिपुर्वा नगरपालिका–९, मिर्चिया बस्ने २५ वर्षीय रामानन्द बैठा रहेको बुझिएको छ । स्थानीयको भनाइअनुसार मृतक बैठा करिब तीन–चार वर्षदेखि गौशालाका विभिन्न होटलमा काम गर्दै जीविकोपार्जन गर्दै आएका थिए ।

उनी केही समय बिरामी रहेको र सोही क्रममा गएराति उहाँको मृत्यु भएको हुनसक्ने स्थानीय बासिन्दाको अनुमान छ । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०८२  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update