Harsamaya
महोत्तरीको गौशालामा  एक पुरुष मृत फेला
महोत्तरीको गौशालामा एक पुरुष मृत फेला ।

सर्लाही - महोत्तरीको गौशाला नगरपालिका – ५ स्थित गौशाला बजार क्षेत्रमा सर्लाहीका एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

मृतक सर्लाहीको हरिपूर्वा नगरपालिका – ९ बसन्तपुरका करिब ३० वर्षीय रामानन्द बैठा भएको प्रहरीले जनाएको छ । स्थानीयले बजार क्षेत्रमा बेहोस अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार बैठाले लामो समयदेखि मादक पदार्थ सेवन गर्ने गरेको र स्वास्थ्यसम्बन्धी समस्या पनि रहेको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ । तथापि, उनको मृत्युको कारण पोष्टमार्टम पछि मात्र खुल्ने प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी शैलेन्द्र कुमार भट्टका अनुसार मृतकका आफन्तलाई सूचना दिइसकिएको छ र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०८२  ०९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update