ट्रकको ठक्करबाट निर्मलबस्तीमा पैदलयात्रीको मृत्यु
बागमती - पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ निर्मलबस्तीमा ट्रकको ठक्करबाट आज पैदलयात्रीको मृत्यु भएको छ ।
चितवनबाट हेटौँडा आउँदै गरेको ना ८ ख १२५६ नम्बरको ट्रकले पैदलयात्री स्थानीय ८४ वर्षीया ईन्द्रकुमारी स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
ट्रकको ठक्करबाट गम्भीर घाइते स्याङतानको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्रक चालक धनुषाको मिथिला नगरपालिका–६ का २५ वर्षीय सञ्जितकुमार महतोलाई नियन्त्रणमा लिइ थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०८२ ०९:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

