सोलुखुम्बु जिप दुर्घटना : तीन जनाको मृत्यु‚ ६ घाइते
सोलुखुम्बु - कोशी प्रदेशको सोलुखुम्बुमा जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । यस्तै दुर्घटनामा ६ जना घाइते भएका छन् ।
तिहारको भाइटीकाको दिन अर्थात् बिहीबार साँझ साढे ७ बजेति माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको बोलेरो गाडी दुर्घटनामा परेको थियो ।
माप्य दूधकोशी गाउँपालिका वडा नम्बर ६ र ७ को सिमानामा रहेको भिरकुनामा दुर्घटनामा परेको गाडी सडकबाट करिब ४ सय मिटर तल खस्दा चार जनाले ज्यान गुमाएका हुन् ।
रातिको घटना भएकाले पहिचानमा समस्या भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि वाकु अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०८२ ०८:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

