Harsamaya
राष्ट्रपति पौडेलद्वारा गाई पूजा
राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ गाई पूजा गर्दै ।

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ आज गाई पूजा गरेका छन् ।

कात्तिक कृष्णऔँसी अर्थात् गाईतिहारका दिन देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्ने गरिन्छ ।

राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी गाईलाई खानेकुरा खान दिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०८२  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update