यस्तो छ आगामी २४ घण्टाको मौसम

काठमाडौं - आगामी २४ घण्टामा कोसी र कर्णाली प्रदेशका एक/दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सातवटै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया सफा रहनेछ । कोसी र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा फाटफुट वर्षाको सम्भावना छ ।
विभागले राति देशभर मौसम मुख्यतया सफा रहने जानकारी दिएको छ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०८२ ०७:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय