Harsamaya
पत्रकारलाई काउन्सिलको सहयोग
प्रेस काउन्सिल नेपालले जेनजी प्रदर्शनका समाचार सङ्कलनका क्रममा गोली लागेर घाइते भएका ४ जना पत्रकारलाई आर्थिक सहयोग हस्तान्तरण ।

काठमाडौं - प्रेस काउन्सिल नेपालले जेनजी प्रदर्शनका समाचार सङ्कलनका क्रममा गोली लागेर घाइते भएका ४ जना पत्रकारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

मङ्गलबार आयोजित छलफलपछि काउन्सिलका सदस्य भीमलाल श्रेष्ठले कान्तिपुर टेलिभिजनका फोटोपत्रकार श्याम श्रेष्ठ, नयाँपत्रिका दैनिकका दिपेन्द्र ढुङ्गाना र नेपाल प्रेस डटकमका उमेश कार्कीलाई सहयोग रकमसहितको चेक हस्तान्तरण गरे ।

उक्त सहयोग हस्तान्तरण कार्यक्रममा उनीहरूले समाचार सङ्कलनका क्रममा आफूले भोगेका अनुभव सुनाएका थिए ।

सोही प्रदर्शनका क्रममा गोली लागी घाइते भएका स्वतन्त्र पत्रकार शम्भु दङ्गाल भने अस्वस्थताका कारण उपस्थित हुन सकेनन् ।

यसैबिच काउन्सिलले समाचार सङ्कलनका क्रममा चितवनमा दुर्घटनामा परी गम्भीर घाइते भएका पत्रकार अनिल ढकाल र सुदन पौडेललाई पनि आर्थिक सहयोग प्रदान गरेको छ ।

प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update