नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं - नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि बस्दैछ । बैठक बुधबार बिहान ११ बजे ललितपुरमा बस्ने तय भएको छ ।
पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन, राजनीतिक प्रस्ताव तथा विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको छ । बैठकमा पार्टीको आगामी राष्ट्रिय महाधिवेशनका बारेमा पनि छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: बुधबार, असोज २९, २०८२ ०९:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय