Harsamaya
कोशी प्रदेशको पहाडी भूभागमा वर्षाको सम्भावना
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहने छ । 

कोशी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

आज राती देशभर मौसम मुख्यतया सफा रहने  महाशाखाले जनाएको छ ।


 

प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  ०६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update