Harsamaya
स्रोत नखुलेको ८ लाख २५ हजारसहित राशिन्द्र पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

सिराहा -  सिरहा नगरपालिका-२० लकडिगदियानीबाट स्रोत नखुलेको नगद ८ लाख २५ हजार रूपैयाँ सहित कल्याणपुर नगरपालिका-१ बनिनिया बस्ने ३० वर्षीय राशिन्द्र मण्डललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी लकडिगदियानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र.०२-०१-००३ प २१०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक राशिन्द्रलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


 

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update