Harsamaya
राजनीतिक दल र व्यक्तिगत सम्पत्तिको क्षति विवरण पठाउन जाँचबुझ आयोगको अनुरोध
जेनजी आन्दोलनमा जलेको नेपाली काँग्रेसको पार्टी कार्यालय ।

काठमाडौं - भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले ‘जेनजी’ प्रदर्शनका क्रममा राजनीतिक दल, संघसंस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको विवरण पठाउन अनुरोध गरेको छ ।

आयोगले आज विज्ञप्ति जारी गर्दै प्रदर्शनमा काठमाडौंलगायत मुलुकका विभिन्न स्थानमा  राजनीतिक दल, संघसंस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको यथार्थ विवरण आयोगले तोकेको ढाँचामा पठाउन अनुरोध गरेको हो ।

आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनालाई पुष्टि गर्ने श्रव्यदृश्य, फोटो र कागजातहरू जस्ता प्रमाण भए सो समेत उपलब्ध गराउन अनुरोध गरिएको छ । क्षतिको विवरण आयोगको इमेल र हुलाकमार्फत पनि पठाउन सकिने जनाइएको छ ।

‘जेनजी’ प्रदर्शनका क्रममा काठमाडौंलगायत मुलुकका विभिन्न भागमा भएका भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम आयोग गठन भई यही असोज ९ गतेदेखि कार्य प्रारम्भ भइसकेको छ । 

560259262_10229818271747754_1973435017880665864_n-1760280337.jpg

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  २०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update