राउटे बस्ती पसेर युवती जिस्काएको आरोपमा एक पक्राउ
सुर्खेत - राउटे बस्तीमा गएर युवतीलाई दुर्व्यवहार गरेको आरोपमा लेकवेशी नगरपालिका–५ नेटाका राजु रजालीलाई राउटे समुदायले नियन्त्रणमा लिएका छन् ।
शुक्रबार राती राउटे बस्ती प्रवेश गरेका रजालीलाई उनीहरुले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । फिरन्ते जीवन जिउने लोपोन्मुख राउटे समुदाय लेकवेशी नगरपालिका–९ मा बस्दै आएको छ ।
मध्यराती राती राउटे बस्ती छिरेर राउटे समुदायका महिलामाथि दुर्व्यवहार गरेको भन्दै राउटे समुदायले राजु रजाइलीलाई नियन्त्रणमा राखेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोनजंग बुढथापाले बताए ।
राउटे समुदायको नियन्त्रणमा रहेका रजालीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरी अनुसन्धान थालिएको डिएसपी बुढथापाले बताए ।
प्रकाशित मिति: शनिबार, असोज २५, २०८२ १४:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

