Harsamaya
कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा हुने
सांकेतिक तस्वीर: हर समय/Har samaya

काठमाडौं - शुक्रबार देखि यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बहिर्गमन भएको छ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भूभागका एक/दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राती कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।


 

प्रकाशित मिति: शनिबार, असोज २५, २०८२  ०६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update