Harsamaya
यस वर्षको मनसुन बाहिरियो
प्रतिकात्मक तस्वीर ।

काठमाडौं - यस वर्षको मनसुन आजदेखि नेपालको सम्पूर्ण भूभागबाट बहिर्गमन भएको छ । यही असोज २० गतेदेखि बाहिरिन सुरु भएको मनसुन निर्धारित मितिभन्दा आठ दिन ढिला गरी आजदेखि देशभरबाट बाहिरिएको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी  दिए । 

उनका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ । असोज २० गते नेपालको सुदूरपश्चिम, कर्णालीलगायत लुम्बिनी प्रदेशका पश्चिमी भूभागका अधिकांश स्थान र गण्डकी प्रदेशका पश्चिमी भूभागका केही स्थानबाट मनसुन बाहिरिन सुरु भएको थियो ।

मनसुनको उत्तराद्र्धमा यसपालि देशका ५० भन्दा बढी जिल्लामा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको थियो । उक्त मनसुनी विपद्मा परी ५३ जनाको मृत्यु र पाँच जना बेपत्ता भएका विभागका सूचना अधिकारी कायस्थले जानकारी  दिए । 

 

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  २१:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update