Harsamaya
 कोशी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना
सांकेतिक तस्वीर ।

काठमाडौं - हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखका अनुसार कोशी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ । 

यसैगरी कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी तथा तराई भूभागका स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राती कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाल जनाएको छ  ।

कर्णाली  र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
 

प्रकाशित मिति: सोमबार, असोज २०, २०८२  ०६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update