साँगाको पहिरो पन्छाएपछि खुल्यो अरनिको राजमार्ग

काठमाडौं - अरनिको राजमार्गअन्तर्गत भक्तपुरको साँगामा खसेको पहिरो पन्छाएपछि दुईतर्फी सवारी सञ्चालन भएको छ । सडक विभागले दिएको जानकारी अनुसार आइतबार बिहान वर्षा रोकिएसँगै पहिरो पन्छाइएको हो ।
विभागका प्रवक्ता प्रभात कुमार झाले पहिरो पन्छाएर सवारी आवतजावत सहज बनाइएको बताए । उनका अनुसार राजमार्ग खुलपछि यस सड्कमा अवरुद्ध भएका सवारी चल्न थालेका छन् ।
यस्तै, पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिन सडकखण्ड पनि अहिले बिहान साढे ११ बजेदेखि सञ्चालनमा आएको विभागले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असोज १९, २०८२ १२:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय