Harsamaya
मनसुनी वायूको प्रभाव कायमै, कोशी र मधेस प्रदेशमा भारी वर्षा
सांकेतिक तस्वीर: हर समय/Har samaya

काठमाडौं - हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा पूर्ण बदली रही बाँकी भू-भागमा साधरणतया बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा र कोशी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा हल्का देखी मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश र मधेश प्रदेशका अधिकांश स्थानहरूमा पूर्ण बदली रही बागमती प्रदेश, लुम्बिनी प्रदेशमा साधरणतया बदली र बाँकी भू-भागहरूमा आंशिक बदली रहेन छ। कोशी प्रदेश र मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राती भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशका लगायत देशका पहाडी भू-भागका केही स्थानहरू र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा सम्भावना रहेको छ।

प्रकाशित मिति: आइतबार, असोज १९, २०८२  ०६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update