Harsamaya
तमोर दुर्घटना : मृतकको संख्या ६ पुग्यो, घाइतेहरुको पहिचान खुल्न बाँकी
तमोर दुर्घटनामा परेका घाइतेहरूकव उद्धार गर्दै नेपाली सेना ।

फिदिम - तमोर करिडोर अन्तर्गत पाँचथरको कुम्मायक गाउँपालिका वडा नं ३ रानीगाउँको कार्तिकेमा भएको बोलेरो जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको पुष्टि भएको छ । 

दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि धरान पठाईएको प्रहरीले जनाएको छ । मृतक र घाईतेहरुको पहिचान हुन बाँकी रहेको बताइएको छ ।

ताप्लेजुङबाट धरान तर्फ जाँदै गरेको मे १ ज ३०५५ नम्बरको जीप सडक बाट करिब ५ सय मिटर तल खसेको थियो । दुर्घटनामा तीन महिला र तीन पुरूषको घटना स्थलमै मृत्यु भएको हो । घाइतेहरुको उद्धारमा नेपाली सेना वीरदल गण र नेपाल प्रहरी घटिएको छ । 

पाँच घाइतेलाई धरान र एक जनालाई थप उपचारको लागि फिदिम पठाइएको छ । मृतकको पहिचान सहितको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update