Harsamaya
तमोर करिडोरको कात्तिकेमा बोलेरो दुर्घटना, पाँच जनाको मृत्यु 
प्रतिकात्मक तस्वीर ।

फिदिम - पाँचथरको कुम्मायक गाउँपालिका वडानम्बर २ र ३ को सिमानामा पर्ने कात्तिके डाँडा नजिक शनिबार बिहान गाडी दुर्घटना भएको छ ।

तमोर कोरिडोर अन्तर्गत पर्ने रानीगाउँको कात्तिकेमा बोलरो गाडी दुर्घटनामा परी पाँच जनाको ज्यान गएको र ६ जना घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै पत्रकार भीम बाँस्कोटाले जानकारी दिए । घाइतेहरुलाई उपचारको लागि धरानतर्फ पठाईएको छ ।

यात्रुहरुको विवरण आइसकेको छैन। घटनास्थलमा प्रहरी पुग्न ढिला भएपनि स्थानीयले घाइतेहरुको उद्धार गरी धरानतर्फ पठाएको उनले जानकारी दिए । 

स्थानीयहरू र घटनास्थलमा उपस्थित व्यक्तिहरूले उद्धारका लागि छिटो हेलिकप्टर, एम्बुलेन्स वा अन्य सवारी साधन पठाउन आग्रह गरेका थिए । 

जिल्ला प्रहरी कार्यालय पाँचथरले पनि दुर्घटना लगत्तै टोली परिचालन भएको जानकारी दिएको छ ।


 

प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update