Harsamaya
देशभर मनसुनी वायुको प्रभाव, तिन प्रदेशमा भारी वर्षाको सम्भावना
सांकेतिक तस्वीर: हर समय/Har samaya

काठमाडौं - हाल देशभर मनसुनी वायुको र स्थानीय वायुको प्रभाव रहेको छ। देशभर साधरणतया बदली रहेको । मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधरणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराइका केही भू-भागहरु र मधेश प्रदेश लगायत देशका बाँकी प्रदेशका पहाड र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। यता लुम्बिनी प्रदेशका तराइ, कर्णाली प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राती भने देशभर साधरणतया बदली रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग र मधेश प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश,मधेश प्रदेश,बाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

 

प्रकाशित मिति: शुक्रबार, असोज १७, २०८२  ०७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update