 
                                                                        काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले दशैंको टीका लगाएका छन् । पौडेलले गुरु पुरोहितको हातबाट दशैंको टीका, जमरा, प्रसाद र आशीर्वाद ग्रहण गरेका हुन् ।
शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा बिहीबार राष्ट्रपति पौडेलले दशैंको शुभ साइत ११ बजेर ५३ मिनेटमा टीका प्रसाद ग्रहण गरेका हुन् । उनले हनुमान ढोका दरवारका गुरु देवराज आर्याल तथा राष्ट्रपतिका पुरोहित अर्जुनप्रसाद न्यौपानेबाट टिका र जमरा ग्रहण गरेका हुन् । आफूले टीका ग्रहण गरेपछि राष्ट्रपति पौडेलले  प्रथम महिलासहित परिवारका सदस्यलाई टीका लगाईदिएका थिए ।
राष्ट्रपति पौडेलले बडादशैंका अवसरमा यस वर्ष नागरिकलाई टीका नलगाउने भएका छन् ।
देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
विगतमा राष्ट्रपतिबाट बडादशैंका अवसरमा आम नागरिकलाई टीका लगाउने गरिएको थियो ।


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                    -1761640064.jpg)