काठमाडौं - हाल देशभर मनसुनी वायुको र स्थानीय वायुको प्रभाव रहेको छ।गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडि भू-भागमा साधारणतया बदली रही वाँकी भू-भागमा आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाकालअनुसार आज कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा मध्यम वर्षाको भईरहेको छ।
सबै प्रदेशमा साधरणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी र तराई भू-भाग लगायत मधेश प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
आज राती पनि सबै प्रदेशमा साधरणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग लगायत मधेश प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

