Harsamaya
काठमाडौंबाट सिन्धुली जाँदै गरेको पिक अप भ्यान दुर्घटना, १३ जना घाइते

काभ्रेपलाञ्चोक - काठमाडौंबाट सिन्धुलीको गोलन्जर जाँदै गरेको बोलेरो पिकअप दुर्घटना भएको छ । दुर्घटनामा  चालक सहित १३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लाल ध्वज सुवेदीका अनुसार सुनकोसी गाउँपालिका ६ मरिन डाइभर्सन नजिकै बा २० च ९३१ नम्बरको बोलेरो पिक अप बिपी राजमार्गबाट सुनकोसी नदीमा खस्दा चालक सहित १३ जना घाइते भएको जानकारी दिए । पिकअपमा १९ जना यात्रु सवार थिए ।

घाइतेको सुनकोसी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । घाइतेहरूको इलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको प्रहरी तथा सशस्त्रको गोताखोर टोलीले उद्धार गरेको थियो । दुर्घटनामा घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ भने ४ जनाको अवस्था मध्यम तथा अन्यको सामान्य रहेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार घाइते हुनेहरूमा गोलन्जर गाउँपालिकाका २३ वर्षीय प्रेम मगरको टाउकोमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । घाइते सबै एकै वडाका परिवारभित्रका छन् ।

प्रकाशित मिति: सोमबार, असोज १३, २०८२  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update