सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं - साताको पहिलो कारोबारको दिन नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।
आज सुन प्रतितोला ७०० रुपैयाँले बढेर दुई लाख २३ हजार २०० रुपैयाँमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि, शुक्रबार सुन प्रतितोला दुई लाख २२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी दुई हजार ८१० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार दुई हजार ७४० रुपैयाँमा कारोबार भएको चाँदी आज ७० रुपैयाँले बढेको हो ।
प्रकाशित मिति: आइतबार, असोज १२, २०८२ १२:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय