Harsamaya

हुम्ला - मुगुको सोरु गाउँपालिका भिइमा आयोजना गरिएको फुटबल खेलको सुरुआतमै आपसी कुटाकुट हुँदा चार जना घाइते भएका छन् । घाइते भएका तीन जनालाई हेलिकप्टरमार्फत प्रदेश अस्पताल कालागाउँ लगिएको प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले बताए । 

वडादसैँका अवसरमा अलस्टार युवा क्लबद्वारा आज आयोजित उक्त फुटबल प्रतियोगिताको औपचारिक कार्यक्रमको सुरुमै आपसी झडप भएको थियो । उक्त गाउँपालिका–३ का पवन कार्कीलगायतको टिमले धारिलो हतियार प्रहार गर्दा सोही वडाका प्रकाश धामी, प्रकाश कार्की, जीवन धामी र हिक्मतजङ्ग धामीलाई गम्भीर चोट लागेको थियो ।

 झडपमा परी गम्भीर घाइते भएकामध्ये तीन जनालाई गाउँपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले हेलिकप्टरमार्फत उपचारका लागि प्रदेश अस्पताल पुर्याएको प्रजिअ खत्रीले बताए । 

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  २२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update