सुन १२ सयले बढ्यो

काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १२ सयले बढेको हो ।
बिहीबार २ लाख २१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ लाख २२ हजार ५ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको ५५ रुपैयाँले बढेर २७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार चाँदी तोलाको २६ सय ८५ मा कारोबार भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२ ११:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय