जेनजीलाई मोहरा बनाएर मुलुक जलाइयो : सूर्य थापा
काठमाडौं - नेकपा (एमाले)का नेता सूर्य थापाले पार्टीभित्रको कथित पुनर्गठन र रूपान्तरणको नाममा मुलुकमा अराजकता फैलाउने प्रयास भएको आरोप लगाएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै नेता थापाले जेनजीलाई मोहरा बनाएर देशमा आगजनी र अपमानजनक गतिविधि मच्चाइएको दाबी गरेका हुन् ।
उनले लेखेका छन्, ‘पार्टीमा कथित पुनर्गठन र रूपान्तरण भन्दै सार्वजनिक खपतका लागि रोइलो नगरौँ! जेनजीलाई मोहरा बनाएर मच्चाइएको आगजनी र अपमान किमार्थ अनुकरणीय छैन ।’ थापाले यस्तो गतिविधि अनुकरणीय नभएको उल्लेख गर्दै नेतृत्वप्रति पनि अप्रत्यक्ष रूपमा असन्तुष्टि जनाएका छन् ।
प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२ ०९:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

