आज अन्तर्राष्ट्रिय आणविक निःशस्त्रीकरण दिवस मनाइँदै
काठमाडौं - आज अन्तर्राष्ट्रिय आणविक निःशस्त्रीकरण दिवस आणविक हतियारको पूर्ण उन्मूलनसम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा मनाइँदै छ ।
सन् २०१३ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन प्रारम्भ भएको हो । राष्ट्रसङ्घका अनुसार आज पनि विभिन्न देशमा करिब १२ हजार २४१ आणविक हतियार बाँकी छन् ।
यद्यपि विश्वव्यापी आणविक निःशस्त्रीकरणका निम्ति राष्ट्रसङ्घीय महासभामा सन् १९४६ मा पहिलो प्रस्ताव पेस भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२ ०७:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

