एक हजार ७ सयलेले घट्यो सुन

काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला तोलाको एक हजार ७ सयले घटेको हो ।
बिहीबार छापावाल सुन तोलाको २ लाख २१ हजार ३ सयमा कारोबार भइरहेको छ । हिजो बुधबार सुन तोलाको २ लाख २३ हजारमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलाको १५ रुपैयाँले घटेर दुई हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको दुई हजार ७ सयमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२ ११:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय